शीर्षकहरू

नेप्सेको ‌‌ओरालो यात्रा जारी, आइतबार पनि घट्यो

नेप्सेको ‌‌ओरालो यात्रा जारी, आइतबार पनि घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ५ दशमलव ३७ अंकले घटेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार १० दशमलव ४४ अंक घटेकोमा आज पनि त्यसले निरन्तरता पाएको हो ।

० दशमलव २५ प्रतिशतले घटेर आज नेप्से परिसूचक २ हजार ६२ दशमलव ९४ अंकमा संकुचित भएको छ ।

अघिल्लो साता चार कारोबार दिनमा पहिलो दिन १७ दशमलव ०४ र दोस्रो दिन १८ दशमलव ७६ अंकले घटेको शेयर बजार तेस्रो दिन भने सामान्य अंकले बढेको थियो । उक्त दिन बजार २ दशमलव २७ अंकले बढेको थियो ।

अन्तिम कारोबार दिन पुन: शेयर बजार ओरालो लागेको थियो । उक्त ओ‌रालोले यस साताको सुरुवाती कारोबार दिनमा पनि निरन्तरता पाएको हो ।

आइतबार नेप्से परिसूचकसँगै कारोबार रकम भने बढेको छ । शुक्रबार ३ अर्ब ८७ करोड बराबरको कारोबार भएकोमा आज ४ अर्ब ३७ करोड रुपैयाँको ९५ लाख ६१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।