काठमाडौं । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेको नियत जीबी राईलाई पक्राउ गर्नेभन्दा भगाउने देखिएको आशंका व्यक्त गरेका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रश्न गरे, 'लोकेसन पत्ता लागिसक्यो भनेर माइकबाटै फुक्नुको अर्थ के हुन्छ ? अभिव्यक्ति पक्रिने नयाँ शैली हो ? केटाकेटीपन हो या भगाउने नियत हो ?’
माइकबाट फुकेर लोकेसन पत्ता लाग्यो रे भनेर स्टन्टबाजी गर्ने कि चाँडै पक्राउ गर्ने भनेर उनले प्रश्न समेत गरे । 'तत्कालीन गोरखा मिडिया नेटवर्कका मालिकमध्ये एक जना फरार छन् । एक जना गृहमन्त्री छन् । सहकारी ठगीमा फरार भएको व्यवसायी साथीलाई सहकारी ठगीमै अनुसन्धानको दायरामा रहेको गृहमन्त्रीजीले गिरफ्तार गर्नु छ,' उनले भने, 'देशलाई जीबीको लोकेसन चाहिएको होइन जीबी राई चाहिएको हो । गृहमन्त्रीले लोकेसन पत्ता लाग्यो भनेको चार दिन भयो । लामिछाने प्रतिपक्षमा हुँदाखेरि भन्नुभएको वाक्य सम्झिन्छु- सरकारले पक्राउ गर्नै चाहेन । पक्राउ गर्न चाहेको भए यति समय किन लाग्यो ? लोकेसन पत्ता लागिसकेपछि पनि चार दिन किन लाग्छ ?'
गत बिहीबार गृहमन्त्री लामिछानेले सार्वजनिक रुपमा जीबी राईको लोकेसेन पत्ता लागेको बताएका थिए । भरतपुर विमानस्थलमा उनले अनुसन्धानका क्रममा रहेको आपराधिक घटनाको गम्भीर विषयमा फरार अभियुक्तलाई सूचना मिल्नेगरी लोकेसेन पत्ता लागिसकेको अभिव्यक्ति दिएका थिए । जसको अर्थ हुन्छ– जीबी तपाईं बसेको ठाउँ मलेसियाले पत्ता लगाइसक्यो, भाग्नुस् ।
किनभने यदि, जीबीलाई पक्राउ गर्ने उनको नियत हो भने अनुसन्धानका क्रममा रहेको यति गम्भीर विषय र फरार अभियुक्तलाई सूचना मिल्नेगरी कुनै पनि जिम्मेवार सरकारको प्रतिनिधिले बोल्दैन । बोल्न मिल्दैन ।
गृहमन्त्री लामिछानेको उक्त अभिव्यक्तिपछि गृहमन्त्रीकै संरक्षणमा रहेको सार्वजनिक टिप्पणी गर्न थालेका छन् ।
यो पनि :
जीबी राई भगाउन गृहमन्त्री लामिछाने नै सक्रिय !