काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साले जंगली हातीको दुई वटा दारासहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
वीरगञ्ज महानगरपालिकाका ४० वर्षीय प्रेम शर्मा, ३१ वर्षीय अमिरीलाल महतोसहित ठोरी गाउँपालिकाका कुइसंग लामालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
विगत केही महिना अघिदेखि ठोरी गाउँपालिका ४ गोरखपुर टोलमा अपरिचित व्यक्तिहरूले हात्तीको दारा बिक्री गर्नको लागि ग्राहक खोजी रहेको भनी सूचना प्राप्त भएको हुँदा गोप्य रूपले प्रहरी परिचालन गरी सो हातीको दाराको बारेमा पत्ता लगाउने क्रममा शुक्रबार बिहान उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक दिपक भारतीले जानकारी दिए ।
ठोरीका चन्द्र परियारको खेतमा खाल्डो खनी २१/२१ किलो तौल भएको दुईवटा हातीको दारा फेला परेका थिए । जिल्ला डिभिजन वन कार्यालयसँग समन्वय गरी थप अनुसन्धान तथा कारवाही भइरहेको प्रहरीले जानकारी दिएको छ ।