शीर्षकहरू

जेठमा वर्षभरिमै सबैभन्दा बढी आयात, निर्यात घट्यो

जेठमा वर्षभरिमै सबैभन्दा बढी आयात, निर्यात घट्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को एघारौँ महिना अर्थात् जेठमा वर्षकै सबैभन्दा बढी आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्या‌ंकअनुसार यस महिनामा १ खर्ब ५० अर्बको वस्तु तथा सेवा आयात भएको छ ।

वैशाखमा १ खर्ब ३४ अर्बको सामान आयात भएक थियो । यसअघि चालु आवमा सबैभन्दा बढी असोज महिनामा १ खर्ब ४८ अर्बको वस्तु आयात भएको छ ।

चालु आवको ११ महिनामा १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । जुन गत आर्थिक वर्षको तुलनामा १.८४ प्रतिशतले कम हो । गत आर्थिक वर्षको ११ महिनामा १४ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँको आयात भएको थियो ।

यस वर्ष निर्यात पनि घटेको छ । गत आर्थिक वर्ष २०७९/८० मा जेठ मसान्तसम्म  १ खर्ब ४३ अर्ब ५८ करोढ रुपैयाँको वस्तु निर्यात भएकोमा यस वर्ष ३ प्रतिशतले घटेर जेठसम्म १ खर्ब ३९ अर्ब २६ करोड रुपैयाँको वस्तु निर्यात भएको छ ।

चालु आवमा सबैभन्दा बढी डिजेल, पेट्रोल र एलपी ग्यास आयात भएको छ भने निर्यातको शीर्षस्थानमा गलैंचा, अलैंची,फलाम र स्टिल छन् ।