शीर्षकहरू

डिम्याट खाता नविकरण गर्न दुई कम्पनीको आग्रह

डिम्याट खाता नविकरण गर्न दुई कम्पनीको आग्रह

काठमाडौं । चालू आर्थिक वर्ष समाप्त हुन लागेसँगै धितोपत्र कारोबारका लागि अनिवार्य रहेको हितग्राही खाता (डिम्याट खाता) नविकरण गर्न सेवाप्रदायक कम्पनीहरूले आग्रह गरिरहेका छन् । सोही क्रममा शुक्रवार नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड र ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सूचना जारी गरेरै डिम्याट नविकरणका लागि आग्रह गरेका हुन् । 

ग्लोबल आइएमई क्यापिटल तथा ग्लोबल आइएमई बैंकमार्फत डिम्याट खाता खोलेका साथै नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडबाट डिम्याट खाता खोलेका ग्राहकहरूलाई असार मसान्तभित्र वार्षिक नविकरण शुल्क बुझाउन सम्बन्धित कम्पनीहरूले भनेका यी कम्पनीहरूले आगामी असार मसान्तभित्र डिम्याट खाता सञ्चालन वापतको वार्षिक १०० रूपैयाँ सम्बन्धित कम्पनीहरूको खातामा जम्मा गर्न आग्रह गरेका हुन् । साथै मेरो शेयर खाता समेत नविकरणका लागि यी कम्पनीहरूले भनेका छन् ।

मेरो शेयर खाता सञ्चालनवापत् ग्राहकहरूले वार्षिक ५० रूपैयाँ तिर्नुपर्ने जानकारी कम्पनीहरूले दिएका छन् । तोकिएको शुल्क बुझाएर असार मसान्तभित्र यी खाताहरू नविकरण नगरे स्वतः बन्द हुने जानकारी कम्पनीहरूले दिएका छन् ।