शीर्षकहरू

नेप्समा दोहोरो अंकको गिरावट, ३ अर्ब ८७ करोडको कारोबार

नेप्समा दोहोरो अंकको गिरावट, ३ अर्ब ८७ करोडको कारोबार

काठमाडौं । बिहबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से १०.४४ अंकले घटेर दुई हजार ६८ दशमलब ३१ विन्दुमा बन्द भएको हो ।                                                                                                          
नेप्सेमा आज ३ अर्ब ८७ करोड ७ लाख ४४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ५२ वटाको बढेको छ भने १८६ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।                 

नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा कालिका लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ७.७१ प्रतिशतले बढेर प्रतिकित्ता ११६० रुपैयाँ पुगेको छ । 

आज कुथेली बुखेरी स्मल हाइड्रोपावरको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ९.२८ प्रतिशतले घटेको छ । सबैभन्दा बढि नेपाल फाइनान्स लिमिटेडको १७ करोड १४ लाख बराबरको कारोबार भएको छ ।