शीर्षकहरू

नेपाल क्लियरिङ हाउसको ३० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

नेपाल क्लियरिङ हाउसको ३० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडको ३० हजार कित्ता संस्थापक शेयर बिहीवार बिक्रीमा आएको छ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको स्वामित्वमा रहेको यी शेयर कम्पनीले असार १२ गतेसम्मका लागि बिक्रीमा ल्याएको हो ।

प्रतिकित्ता ७०० रूपैयाँ तोकिएको यी शेयर खरीदका लागि कम्पनीले विद्यमान संस्थापक शेयरधनी र अन्य व्यक्ति तथा संस्थाहरूले समेत आवेदन दिन सक्ने गरी बिक्रीमा ल्याएको हो । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम ३० हजार कित्ताको लागि आवेदन दिन सकिने व्यवस्था कम्पनीले गरेको छ ।

तोकिएको अवधिभित्र प्राप्त गोप्य शिलबन्दी बोलपत्र असार १३ गते विहान ११ बजे बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा खोलिने कार्यक्रम तय भैसकेको छ ।