शीर्षकहरू

सिन्धुलीमा पहिरोले टेलर पुरियो, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीमा पहिरोले टेलर पुरियो, मध्यपहाडी लोकमार्ग अवरुद्ध

कमलामाई । मध्यपहाडी लोकमार्गअन्तर्गत खुर्कोट–घुर्मी सडकखण्डस्थित गोलञ्जोर–१ कुडुलेमा पहिरोले टेलर पुरिएको छ । प्र २–०३–००१ ख ७१४४ नम्बरको टेलर पहिरोले पुरिएको छ । बिहानदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।

पहिरोले गोलञ्जोर गाउँपालिका–६ हैबारबेँसी नजिकको अक्करेभिर, गोलञ्जोर–१ कुडुले, फिक्कल गाउँपालिका–२ सुम्नामबेँसीलगायत क्षेत्रमा सडक अवरुद्ध भएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार खुर्कोटबाट पूर्वतर्फको सडकखण्ड अवरुद्ध हुँदा दर्जनौँ सवारीसाधन तथा यात्री अलपत्र परेका छन् ।

सडक अवरुद्ध भएको स्थानमा स्थानीय सरकारका प्रतिनिधि र सुरक्षाकर्मी पुगेका छन् । अवरुद्ध सडक खुलाउने प्रयास जारी छ ।