काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर, युरोपियन युरो, बेलायती पाउन्ड स्टर्लिङ र दिनारसहित अधिकांश विदेशी मुद्राको मूल्य घटेको छ ।
हिजो डलर एकको खरिद दर १३३ रुपैयाँ ४० पैसा र बिक्रीदर १३४ रुपैयाँ रहेकोमा आज खरिद दर १३३ रुपैयाँ १६ पैसा र बिक्री दर १३३ रुपैयाँ ७६ पैसामा झरेको छ ।
युरोपियन युरोको खरिद दर १४२ रुपैयाँ ९५ पैसा र बिक्री दर १४३ रुपैयाँ ५९ पैसाबाट खरिद दर १४२ रुपैयाँ ६८ पैसा र बिक्री दर १४३ रुपैयाँ ३२ पैसामा खस्किएको छ ।
हिजो एकको खरिद दर १६९ रुपैयाँ ३ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७९ पैसा कायम बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर आज १६८ रुपैयाँ ९३ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६९ पैसा निर्धारण भएको छ ।
यसैगरी आज कुवेती दिनार एकको खरिद दर ४३४ रुपैयाँ ३ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ९८ पैसा तथा बहराइन दिनारको खरिद दर ३५३ रुपैयाँ २७ पैसा र बिक्री दर ३५४ रुपैयाँ ८६ पैसा निर्धारण भएको छ । हिजो हिजो कुवेती दिनार एकको खरिद दर ४३४ रुपैयाँ ८३ पैसा र बिक्री दर ४३६ रुपैयाँ ७८ पैसा तथा बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ५२ पैसा रहेको थियो ।
यस्तो छ अन्य मुद्राको आजको विनिमय दर