काठमाडौं । अमेरिकी डलर पुन: उच्च बिन्दु नजिक पुगेको छ ।
गएको बुधबार अमेरिकी डलर हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो । उक्त दिन एक अमेरिकी डलर एकको बिक्री मूल्य १३४ रुपैयाँ १ पैसा रहेको थियो । त्यसपछि ह्रास आएको अमेरिकी डलर पुन: उच्च बिन्दु नजिक पुग्दै आज एक अमेरिकी डलरको बिक्री मूल्य १३४ रुपैयाँ पुगेको छ ।
आज अमेरिकी डलरको खरिद मूल्य भने १३३ रुपैयाँ ४० पैसा रहेको छ ।
यसैगरी आजको लागि युरोपियन युरो एमको खरिदर १४२ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४० पैसा कायम भएको छ । हिजो पनि युरो यही मूल्यमा कारोबार भएको थियो ।
आज बेलायती पाउन्ड एकको खरिद दर १६९ रुपैयाँ ५१ पैसा र बिक्री दर १७० रुपैयाँ २७ पैसा निर्धारण भएको छ ।