शीर्षकहरू

महानगरपालिकाभित्र जंक फुड प्रयोगलाई निरुत्साहित गरिने

महानगरपालिकाभित्र जंक फुड प्रयोगलाई निरुत्साहित गरिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र जंक फुड प्रयोगलाई समेत निरुत्साहित गरिने भएको छ । विहीबार काठमाडौं महानगरका प्रमुख बलेन शाह(बालेन्द्र)ले आगामी आर्थिक वर्ष २०८१र८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन । त्यस्तै, धूम्रपान, मद्यपान र लागु औषध प्रयोगमा पूर्ण बन्देज लगाउने भएको बताएका छन ।

महानगर क्षेत्र भित्रिने खाद्य पदार्थको गुणस्तर र स्वच्छता कायम गर्न आवश्यक प्रबन्ध मिलाइने उनले बताए । महानगरभित्रका स्वास्थ्य संस्थाको दर्ता प्रक्रियालाई सूचनाप्रविधिमा आधारित बनाइने समेत उनले बताए । उनले शहरी क्लिनिलाई व्यवस्थीत र विषेशज्ञ सेवा सहितको स्वास्थ्य सेवाको थालनी गर्ने बताए । 

यस्तै कम्तीमा २० जना व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिने गरी नयाँ दर्ता हुने व्यवसायीलाई सुरुको ३ वर्ष व्यवसाय करमा शतप्रतिशत कर छुट दिने घोषणा नीति तथा कार्यक्रममार्फत गरिएको छ ।

महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार आयोजित १५ औँ नगरसभामा महानगरपालिका प्रमुख बालेन शाहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । काठमाडौँबासीको चाहनालाई सम्बोधन गर्ने लक्ष्यका साथ मौलिक र सुशासनयुक्त काठमाडौँ निर्माण हुने विश्वासको साथ नीति तथा कार्यक्रम बनाइएको शाहले जानकारी दिए । 

जसअनुसार ‘सांस्कृतिक सहर समृद्ध महानगर’को नारा काठमाडौँ महानगरको सांस्कृतिक पहिचानलाई दिगो बनाउँदै जीवन्त सहरको रूपमा विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।