काठमाडौं । युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडको संचालक समितिले अध्यक्षमा नविन सिलवाल र प्रबन्ध निर्देशकमा रोमन दंगाल नियुक्त गरेको छ । संचालक समितिको शुक्रबार बसेको बैठकले सिलवाललाई अध्यक्षमा चयन गरेको हो ।
कम्पनीको गत २७ गते सम्पन्न १० औं वार्षिक साधारणसभाबाट सिलवाल संचालक समितिमा निर्वाचित भएका थिए । युवा उर्जा उद्यमी सिलवालले ८ मेगावाट क्षमताको टक्सार पिखुवा खोला हाइड्रोपावर आयोजनाको सुरुवाती चरणदेखि निर्माण सम्पन्न गरी राष्ट्रिय प्रशारण लाइनमा जडानसम्मको अनुभव रहेको छ ।