वडाध्यक्षको सिफारिसमा नाम बदलेर नयाँ नागरिकता - Aarthiknews
aarthiknews.com बुधबार, ०४ मंसिर २०७६   Wednesday, 20 November, 2019
 
Bajaj_Bike

वडाध्यक्षको सिफारिसमा नाम बदलेर नयाँ नागरिकता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २३ कार्तिक २०७६
Sunrise bank
वडाध्यक्षको सिफारिसमा नाम बदलेर नयाँ नागरिकता
LBEF
NCH-IPS

काठमाडौं । वडाध्यक्षको सिफारिसमा पहिचान फेरेर दुईजनाले नागरिकता लिएको खुलेको छ। जिल्लाको औरही गाउँपालिका–५ का अध्यक्ष दिलीप यादवको सिफारिसमा महेन्द्र मुखिया र राजेन्द्र मुखिया (फेरिएको नाम) ले जिल्ला प्रशासन कार्यालय सिरहाबाट नागरिकता लिएका हुन्।

जिल्ला प्रशासन कार्यालय सिरहामा महेन्द्र र राजेन्द्रले झुटो विवरणका आधारमा नागरिकता लिएको उजुरी परेको थियो। त्यसपछि गत असोज ८ गते जिल्ला प्रशासन कार्यालय सिरहाले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयलाई परिपत्र गर्यो।

प्रशासनको चलानी नम्बर २५८१ को परिपत्रमार्फत प्रहरीले अनुसन्धान गर्दा महेन्द्र र राजेन्द्रले असली पहिचान फेरेर नागरिकता लिएको खुलेको हो।

महेन्द्रको असली नाम अरुण मुखिया र राजेन्द्रको असली नाम मनीष मुखिया रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनीहरुको घर सिरहा नगरपालिका–२१ मा छ। दुवै दाजुभाइ भएको पनि अनुसन्धानबाट खुलेको छ। उनीहरुका बुवा विष्णु मुखिया र आमा जागोदेवी मुखिया हुन्।

जागोदेवीको माइती औरही–५ मा पर्छ। जागोदेवीका बुवाको नाम दुखी मुखिया र आमाको नाम शिवरानी मुखिया हो। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस