शीर्षकहरू

कुमारी बैंकको दुई लाख कित्ता संस्थापक शेयर बिक्रीमा

कुमारी बैंकको दुई लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले २ लाख कित्ता संस्थापक शेयर जेठ ३२ गतेदेखि बिक्रीमा ल्याएको छ । प्रुडेन्सियल क्यापिटल म्यानेटमेन्ट कम्पनी प्रालिको स्वामित्वमा रहेको यी शेयर प्रतिकित्ता १०० रूपैयाँ मा बिक्रीमा आएको हो ।

यी शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूसँगै अन्य जो कोही व्यक्ति तथा संस्थाहरूले असार ७ गतेसम्म आवेदन दिनुपर्नेछ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम ५० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । 

यी शेयर बाँडफाँटमा प्राप्त गर्ने शेयरधनीहरूले जेठ ३२ गतेपश्चात् घोषणा हुने लाभांश तथा हकप्रद शेयर समेत प्राप्त गर्न योग्य हुने जानकारी कम्पनीले दिएको छ । यी शेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।