शीर्षकहरू

ताप्लेजुङमा पहिरो, गाउँपालिका उपाध्यक्षको परिवारका चार जनाको मृत्यु

ताप्लेजुङमा पहिरो, गाउँपालिका उपाध्यक्षको परिवारका चार जनाको मृत्यु

काठमाडौं । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

पहिरोले फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रविन साम्रा लिम्बुको घर बगाउँदा साम्राका बुबा, कान्छी आमा र उनीहरूका दुई सन्तानको मृत्यु भएको गाउँपालिका अध्यक्ष राजन लिम्बुले बताएका छन् ।

पहिरोमा परेर ४० वर्षीया युगेन लिम्बू र उनकी तीन वर्षीय छोरी घाइते भएकी छन् ।

बुधबार रातिदेखि नै आएको वर्षका कारण सिंसावाँ खोलामा बाढी आएको थियो । फुङ्लिङदेखि ओलाङ्चुङ्गोलासम्म र फक्ताङ्लुङ गाउँपालिकाका विभिन्न ठाउँमा आवतजावत गर्ने चारवटा पुल समेत बगाएको छ ।