शीर्षकहरू

आज कुन विदेशी मुद्राको मूल्य कति छ?

आज कुन विदेशी मुद्राको मूल्य कति छ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ । 

आज अमेरिकी डलरको मूल्यबाहेक रो, पाउन्ड, दिनार, अस्ट्रेलियन डलरलगायत अन्य प्राय: सबै मुद्राको मूल्य बढेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३८ पैसा र बिक्री दर १३३ रुपैयाँ ९८ पैसा रहेको छ । हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो ।

हिजो युरोपियन युरो एकको खरिद दर १४३ रुपैयाँ ५२ पैसा र बिक्री दर १४४ रुपैयाँ १६ पैसा रहेकोमा आज एक युरोको खरिद दर १४३ रुपैयाँ ९४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५९ पैसा पुगेको छ। 

बेलायती पाउन्ड स्टर्लिङ आज एकको खरिद दर १७० रुपैयाँ ३७ पैसा र बिक्री दर १७१ रुपैयाँ १४ पैसा छ । हिजो पाउन्ड एकको खरिददर १७० रुपैयाँ १६ पैसा र बिक्रीदर १७० रुपैयाँ ९२ पैसा रहेको थियो।