शीर्षकहरू

महुली लघुवित्तको १२ औं स्थापना दिवस समपन्न

महुली लघुवित्तको १२ औं स्थापना दिवस समपन्न

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लि.ले आफ्नो १२ औं स्थापना दिवसको अवसरमा वृक्षारोपण तथा विरुवा वितरण कार्यक्रम समपन्न गरेको छ । संस्थाले ३२ वटा जिल्लाका ६४ वटा शाखा कार्यालय मार्फत वृक्षारोपण तथा विरुवा वितरण कार्यक्रम समपन्न गरेको हो । 

विरुवा संरक्षणलाई मुख्य प्राथमिकतामा राखि संस्थाको केन्द्रीय कार्यालयले अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा नं २ को अग्नीसाइर मन्दिर परिसर र अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ र १ वडाहरु शम्भुनाथ नगरपालिका  वडा नं १ मा गरि करिब १५०० विरुवा, र वित्तीय संस्थाका अन्य शखा कार्यालहरुले सदस्यलाई विरुवा हस्तान्तरण गर्नुका साथै मन्दिर, स्कुल, अस्पताल परिसरमा करिब १०,००० वृक्षारोपण गरेका छन् । 

महुली लघुवित्त वित्तीय संस्थाले विश्वव्यापी तापमान वृद्धि, वायु प्रदुषण लगाएत अन्य वातावरणीय समस्यालाई मध्य नजर गर्दै हरेक वर्ष वृक्षारोपण कार्यक्रमलाई विशेष प्रथमिकतामा राखि कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताएको छ । 

१२ औं स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डेले महुलीले समाजमा बेग्लै स्थान बनाउन सफल भएको बताए । उनले कर्मचारीहरुलाई विशेष धन्यवाद दिर्दै समुदाय र सेवाग्राही सदस्यहरु प्रति पार्दशी र उत्तरदायि भई छिटो, सरल, सहज सेवा सँगै संस्थाको नारा सबैको लागी, सधैको लागी व्यवहारिकरुपमा लगु गर्न निर्देशन दिएका थिए ।