शीर्षकहरू

नेपाल बैंक  र जल्जला बहुमुखी क्याम्पसबीच सम्झौता

नेपाल बैंक  र जल्जला बहुमुखी क्याम्पसबीच सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र रोल्पास्थित जल्जला बहुमुखी क्याम्पसबिच क्याम्पसमा अध्यापनरत स्थायी प्राध्यापक तथा कार्यरत कर्मचारीहरुलाई बैंकको सेवाग्राहि कर्जा उपलब्ध गराउने सम्वन्धमा मिति २०८१ जेठ २८ गते बैंकको रोल्पा शाखामा एक समारोह बिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।  

नेपाल बैंक लिमिटेडको तर्फबाट बैंकको लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख  शुसिल कुमार नेपाल र क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख  खिमबहादुर खड्का क्षेत्रीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । क्याम्पस प्रमुख  खिमबहादुर खड्का क्षेत्रीले नेपाल बैंक लिमिटेडले प्रदान गर्दै आईरहेको समयसापेक्ष उत्कृष्ट वित्तीय सेवाहरुबाट आफुहरु सन्तुष्ट र उत्साहित रहेको बताए । 

 साथै निजले आगामी दिनमा क्याम्पस र बैंकबिचको सम्बन्ध अनन्तकालसम्म रहने विश्वास व्यक्त गर्दैै बैंकले क्याम्पस परिवारका साथै ग्राहकवर्गहरुलाई समयसापेक्ष बैंकिङ  सेवा सुविधाहरु थप प्रभावकारी बनाउनका निमित्त बैंक निरन्तर लागिपरेको जानकारी समेत गराए । उक्त कार्यक्रममा बैंकको लुम्बिनी प्रादेशिक कार्यालयका उप प्रबन्धक  कुलराज घिमिरे, बैंकको रोल्पा शाखाका शाखा प्रबन्धक बिष्णु पाण्डे, क्याम्पस उप.प्रा./संयोजक  श्याम बुढा मगर लगायतको उपस्थिति रहेको थियो ।