शीर्षकहरू

यस वर्ष नाडा अटो शो भदौ ११ गतेदेखि, भोलिदेखि स्टल बुकिङ खुला

यस वर्ष नाडा अटो शो भदौ ११ गतेदेखि, भोलिदेखि स्टल बुकिङ खुला
फाइल तस्बिर

काठमाडौं । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले हरेक वर्ष गर्दै आएको नाडा अटो शोको १६ औं संस्करण आगामी भदौ ११ गतेदेखि १६ गतेसम्म हुने भएको छ ।

नाडाले 'अटो शो २०२४' मा सहभागी हुन इच्छुक ब्राण्डका लागि लागि दर्ता खुला गरेको छ । सवारी साधन, पार्ट पुर्जा र वित्तीय सेवासँग सम्बन्धित कम्पनीहरु अटो शोमा स्टल राख्न सक्नेछन् ।

काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी स्थलमा आयोजना हुने उक्त प्रदर्शनीको भोलि (जेठ ३१) देखि असार ५ गतेसम्म स्टल बुकिङका लागि रजिष्ट्रेसन खुल्ला गरिएको जनाएको छ ।प्रदर्शनीमा भाग लिने सम्बन्धी गरिएको सर्वेक्षणको आधारमा स्टलका लागि अत्याधिक माग भएकाले विगतका संस्करणहरु जस्तै यस वर्ष पनि गोला प्रथाद्वारा नै स्टल उपलब्ध गराइने नाडा अटो शोका संयोजक अनुप कुमार बरालले बताएका छन् ।

प्रदर्शनीमा २–पाङग्रे, ३–पाङग्रे, ४–पाङग्रे, लाइट कमर्सियल, वित्तीय संस्था, अटो कम्पोनेन्ट्स एवं ग्यारेज उपकरणहरुलाई समूहअनुसार छुट्टाइएको छ । सोही अनुरुप रजिष्ट्रेसन गर्न सकिने उनले बताए ।