शीर्षकहरू

एक्कर्ड फर्मास्युटिकल्सले हकप्रद मार्फत पूँजी बढाउने

एक्कर्ड फर्मास्युटिकल्सले हकप्रद मार्फत पूँजी बढाउने

काठमाडौं । एक्कर्ड फर्मास्युटिकल्स लिमिटेडले अधिकृत तथा जारी पूँजी बृद्धि गर्ने भएको छ । कम्पनीेले अधिकृत र जारी पूँजी बृद्धि पश्चात् हकप्रद शेयर जारी गर्ने भएको हो । 

पूँजी बृद्धि हकप्रद शेयर निष्कासन लगाएतका प्रस्ताव पारितका लागि कम्पनीले असार १४ गते विशेष साधारण सभा बोलाएको छ । जेठ २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बसेरा बुटिक होटल, बबरमहल, काठमाडौंमा दिउँसो १२ः३० बजे सभा गर्ने निर्णय गरेको हो । 

पूँजी बृद्धिभएसँगै सोही बमोजिम प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ । यी सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले असार १० गते एक दिन बुक क्लोज गर्न लागेको छ । 

बुक क्लोजको आधारमा असार ९ गतेसम्म कायम शेयरधनीहरू मात्र विशेष साधारण सभामा भाग लिन योग्य हुनेछन् ।