काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले हितग्राही खाता (डिम्याट एकाउन्ट) नविकरण गराउन आग्रह गरेको छ । यस कम्पनीमार्फत हितग्राही खाता खोलेका सदस्यहरूले खाता सञ्चालनवापत्को वार्षिक शुल्क बुझाउन आग्रह गरिएको हो ।
आगामी असार मसान्तभित्र आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडको कार्यालय टेकु, काठमाडौ वा राष्ट्रिय वाणिज्य बैंकको नजिकको कार्यालयमार्फत नविकरण गराउन सकिने जानकारी कम्पनीले दिएको छ । तोकिएको अवधिभित्र वार्षिक नविकरण शुल्क नबुझाउने सदस्यहरूको हितग्राही खाता रोक्का हुने जानकारी समेत कम्पनीले दिएको छ ।
मेरो शेयर सेवा लिएका सदस्यहरूलाई पनि वार्षिक नविकरण शुल्क बुझाउन कम्पनीले भनेको छ । आगामी असार मसान्तभित्र हितग्राही खाता सञ्चालनवापत्को वार्षिक १०० रूपैयाँ र मेरो शेयर सञ्चालनवापत्को वार्षिक ५० रूपैयाँ शुल्क बुझाउन कम्पनीले भनेको हो ।