शीर्षकहरू

सरकारी कार्यालयमा रहेका अर्बौंका बेबारिसे सवारी बिक्री गर्न सांसद गैरेको माग

सरकारी कार्यालयमा रहेका अर्बौंका बेबारिसे सवारी बिक्री गर्न सांसद गैरेको माग

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले देशभरका सरकारी कार्यालयहरुमा थन्किएर बसेका बेबारिसे सवारीसाधन बिक्री गर्न कार्यक्रम ल्याउन सरकारसँग माग गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गैरेले सरकारी कार्यालयमा दर्जनौं गाडीहरु बेवारिसे अवस्थामा रहेको, तिनले वातावरण प्रदुषण र सुन्दरतामा असर गर्नुका साथै अर्बौंको सम्पत्ति क्षति भइरहेको बताए ।

यसरी देशभरि बिग्रेर बसेका यातायातका साधनहरु तत्काल मूल्यांकन गरी, त्यसको बिक्री वितरणबाट आउने रकमको सदुपयोग हुनेगरी एउटा विशेष कार्यक्रमको घोषणा गर्न माग उनले गरे ।

‘सरकारी कार्यालयमा दर्जनौं गाडीहरु बेवारिसे अवस्थामा देखिन्छन्। यो देशको अर्बौंको सम्पत्तिको क्षति कहिलेसम्म हेरेर बस्ने हो?,’ उनले भने, ‘देशभरि बिग्रेर बसेका यातायातका साधनहरु तत्काल मूल्यांकन गरी, त्यसको बिक्री वितरण गरी त्यसबाट आउने रकमको सदुपयोग हुनेगरी एउटा विशेष कार्यक्रमको घोषणा गर्ने हिसाबले सरकारको प्रस्तुतिका लागि रुलिङ होस्, म माग गर्न चाहन्छु।’