काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको ४७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा आएको छ । जेठ २९ गते कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी यी शेयर बिक्रीको सूचना जारी गरेको हो ।
प्रतिकित्ता ५०० रूपैयाँ तोकिएको यी शेयर खरिदका लागि इच्छुक खरीदकताहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्न सक्नेछन् । इच्छुक खरीदकर्ताहरूले तोकिएको अवधिभित्र कम्पनीको केन्द्रिय कार्यालय मध्यबानेश्वर, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
आवेदकमा शेयरको कित्ता समेत खुलाउनुपर्ने जानकारी कम्पनीले दिएको छ । यस अवधिसम्म विद्यमान संस्थापक शेयरधनीहरूमा यी शेयर बिक्री नभएमा दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर बिक्री गरिने जानकारी कम्पनीले दिएको छ ।