शीर्षकहरू

काठमाडौंमा विराटनगरभन्दा बढी गर्मी

काठमाडौंमा विराटनगरभन्दा बढी गर्मी

काठमाडौं । पहाडी जिल्ला काठमाडौंमा तराई-मधेशको विराटनगरभन्दा बढी तापक्रम मापन गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार काठमाडौंको अधिकतम् तापक्रम ३४.४ डिग्री सेल्सियस मापन गरिएको छ । जबकि हिजो विराटनगरमा भने अधिकतम तापक्रम ३३.६ डिग्री सेल्सियस रहेको थियो ।

मंगलबार सबैभन्दा बढी धनगढीमा तापक्रम ४४ डिग्री सेल्सियस पुगेको छ । यस दिन नेपालगञ्जको तापक्रम ४३.६ डिग्री रहेको थियो । ४० डिग्रीभन्दा माथि तापक्रम भएको अर्को स्थान विरेन्द्रनगर रहेको थियो, जहाँ ४०.९ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ ।

महाशाखाले सोमबारदेखि कोशी प्रदेशबाट नेपालमा मनुसनी प्रणाली आगमन भइसकेको जनाएको छ । एक साता आसपासमा मनसुन देशभर फैलसक्ने महाशाखाले जानकारी दिएको छ ।

हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ ।