सूर्या लाइफको अवितरित शेयर आइतबारदेखि लिलामीमा - Aarthiknews
aarthiknews.com मंगलबार, २६ कार्तिक २०७६   Tuesday, 12 November, 2019
 
Bajaj_Bike

सूर्या लाइफको अवितरित शेयर आइतबारदेखि लिलामीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २२ कार्तिक २०७६
Sunrise bank
सूर्या लाइफको अवितरित शेयर आइतबारदेखि लिलामीमा
LBEF
NCH-IPS

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको ३ लाख ९ हजार ३०२ कित्ता अवितरित हकप्रद शेयर कात्तिक २४ गते आइतबारदेखि लिलामीमा आउने भएको छ । कम्पनीले यसअघि भदौ ८ देखि असोज १२ गतेसम्म बिक्री खुला गर्दा वितरण हुन नसकेको संस्थापकतर्फको २७ हजार ३८९ दशमलव २ र सर्वसाधारणतर्फको २ लाख ८१ हजार ९१२ दशमलव ८ कित्ता शेयर लिलामीमा बिक्री गर्न लागेको हो ।
मंसिर १ गतेसम्म यो शेयर खरिदका लागि गोप्य शिलबन्दी बोलपत्र पेस गर्न सकिनेछ । प्रतिशेयर सय तोकिएकाले बोलकबोल गर्दा सोभन्दा बढी मूल्य अंकित गर्नुपर्नेछ । आवेदन पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतम संस्थापकतर्फ सम्पूर्ण कित्ता र सर्वसाधारण तर्फ ५० हजार कित्तासम्म माग गर्न सकिनेछ । 
 

प्रतिक्रिया दिनुहोस