शीर्षकहरू

सेञ्चुरी बैंकका तत्कालीन अध्यक्षसहित आठ जना पक्राउ

सेञ्चुरी बैंकका तत्कालीन अध्यक्षसहित आठ जना पक्राउ

काठमाडौं । सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित आठ जना पक्राउ गरेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीहरुलाई पक्राउ गरेको हो । 

श्रेष्ठसहित बैंकका सञ्चालक समितिका सदस्यहरु सुनिलकुमार न्यौपाने, प्राडा गीता प्रधान, रमेश कुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेश कुमार दली, उमाकुमारी श्रेष्ठ र शिवगोपाल रिसाललाई पक्राउ परेका छन् । उनीहरुविरुद्ध देउराली सहकारीका रवीन्द्र चौलागाईंलाई कमसल धितोका आधारमा बैंकबाट कर्जा प्रवाह गरी घोटाला गरेको आरोप रहेको छ । 

सोहि आरोपमा यसअघि तत्कालीन सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज न्यौपाने र तुलसी गौतमसहितका कर्मचारी पक्राउ परेका थिए । उनीहरुले सेञ्चुरी बैंकमा रहँदा दुई अर्ब ११ करोड ६५ लाख ५५ हजार रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका थिए ।