शीर्षकहरू

‘गेस्ट अफ अनर’ द्वारा धिरेन्द्र सिंह सम्मानित

‘गेस्ट अफ अनर’ द्वारा धिरेन्द्र सिंह सम्मानित

काठमाडौं । ‘गेस्ट अफ अनर’द्धारा धिरेन्द्र सिंह सम्मानित भएका छन् । द इन्टरनेशनल अवार्ड फोरम अमेरिकाले आयोजना गरेको इन्डो–नेपाल इन्टरनेशनल अवार्ड समिट २०२४ मा ‘गेस्ट अफ अनर’द्धारा सिंह सम्मानित भएका हुन् । 

इन्डो–नेपाल इन्टरनेशनल अवार्ड्स समिट २०२४ काठमाडौंमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि भारतका प्रधानमन्त्रीका सल्लाहकार राहुल बनर्जी, विशिष्ट अतिथिको रूपमा गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसाल रहेका थिए ।  

सिंह युवा नेता तथा समाजसेवी पनि हुन् । उनी खानेपानी मन्त्रालय अन्तर्गत विज्ञ समूह सदस्य र अन्य संस्थाहरूको लागि सल्लाहकारको रूपमा खानेपानी तथा सरसफाइ व्यवस्थापनमा पनि काम गरिरहेका छन् ।

वर्षौँदेखि यी कामको अनुभव लिएर संस्थामा काम गरेर समाजमा योगदान पुर्‍याउन निरन्तर लागिरहेका छन् । उनलाई यसअघि भारत–नेपाल अवार्डमा सम्मानित अतिथिको रूपमा सम्मान गरिएको थियो ।    

उक्त कार्यक्रममा सिंहसहित अमेरिका, भारत र नेपालका अन्य व्यक्तित्वहरू पनि सम्मानित भएका थिए ।