शीर्षकहरू

साढे ४५ लाख कित्ता संस्थापक शेयर बेच्दै कुमारी बैंक

साढे ४५ लाख कित्ता संस्थापक शेयर बेच्दै कुमारी बैंक

काठमाडौं । कुमारी बैंकको साढे ४५ लाख कित्ता संस्थापक शेयर लिलामी बिक्रीमा आएको छ । बैंकले ४५ लाख ५७ हजार ४१२ कित्ता शेयर बिक्री गर्ने सूचना जारी गरी जानकारी दिएको छ ।

प्रतिकित्ता न्यूनतम १०० रुपैयाँमा जोकोही सर्वसाधारण तथा संस्थाहरुले यसमा आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

असार ३ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र आवेदन दिन सकिने बिक्री प्रवन्धक कुमारी क्यापिटलले जनाएको छ । क्यापिटलको नक्साल कार्यालयबाट फारम लिएर गोप्य शिलबन्दी बोलपत्र आवेदन दिन सकिनेछ । सोही स्थानमा बुझाउन सकिनेछ । न्यूनतम १ लाख कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

बोलपत्र आवेदन फाराम रु एक सयय नगद भुक्तानी गरी कुमारी क्यापिटल लिमिटेड, नागपोखरी, नक्साल, काठमाडौंबाट प्राप्त गर्न सकिनेछ । एकै व्यक्ति वा कम्पनीले विभिन्न मूल्यमा शेयर खरीदको लागि आवेदन दिन चाहेमा भिन्दा भिन्दै शिलबन्दी खामभित्र आवेदन दिनुपर्नेछ ।