काठमाडौं । क्रिकेटर सन्दिप लामिछाने टि २० विश्वकप क्रिकेटमा भाग खेल्न जाने भएका छन् । लामिछाने टि २० विश्वकप क्रिकेटको वेस्टइण्डिजमा हुने खेलहरुमा सहभागी हुने भएका हुन ।
क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)का सचिव पारस खड्काले जारी गरेको विज्ञप्ति अनुसार वेस्टइण्डिजमा हुने खेलमा लामिछाने राष्ट्रिय क्रिकेट टोलीमा समावेश भएर खेल्ने छन् । उनी दक्षिण अफ्रिका र बंगलादेशविरुद्धका खेल खेल्न पुग्ने छन् ।
विश्वकप क्रिकेट २०२४ का खेलहरु अमेरिका र वेष्टइण्डिजमा भइरहेका छन् । नेपाली राष्ट्रिय टोलीका अरु सदस्यहरु अमेरिका गएर खेलिरहे पनि सन्दीपलाई अमेरिकाले भिसा दिएको थिएन ।