शीर्षकहरू

अमेरिकी डलरको मूल्य स्थिर रहँदा युरो र पाउन्ड घट्यो

अमेरिकी डलरको मूल्य स्थिर रहँदा युरो र पाउन्ड घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको छ । आज अमेरिकी डलरको मूल्य स्थिर छ ।

अमेरिकी डलर एकको खरिद दर  १३३ रुपैयाँ १० पैसा र बिक्रीदर १३३ रुपैयाँ ७० पैसा रहेको छ । आइतबार र शनिबार पनि यही मूल्यमा अमेरिकी डलर कारोबार भएको थियो ।

आज युरोपियन र बेलायती पाउन्डसहित अधिकांश मुद्राको भाउ घटेको छ ।

आइतबार खरिद दर १४४ रुपैयाँ ९९ पैसा र बिक्री दर १४५ रुपैयाँ ६४ पैसा रहेको  युरो एकको खरिद दर आज  १४३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४२ पैसामा झरेको छ ।

यस्तै पाउन्ड एकको खरिद दर १६९ रुपैयाँ ३४ पैसा र बिक्री दर १७० रुपैयाँ १० पैसा छ । हिजो एक पाउन्डको खरिद दर १७० रुपैयाँ ३१ पैसा र बिक्री दर १७१ रुपैयाँ ८ पैसा रहेको थियो। 

अन्य मुद्राको विनिमय दर