१८ लाख हुण्डी कारोवार गर्ने पक्राउ - Aarthiknews
aarthiknews.com मंगलबार, २६ कार्तिक २०७६   Tuesday, 12 November, 2019
 
Bajaj_Bike

१८ लाख हुण्डी कारोवार गर्ने पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २२ कार्तिक २०७६
Sunrise bank
१८ लाख  हुण्डी कारोवार गर्ने पक्राउ
LBEF
NCH-IPS

पर्सा । पर्सा बी.म.न.पा.वडा नं.१६ रजतजयन्ती चौक स्थित सडक खण्डमा सवारी साधन तथा पैदल यात्रुहरु समेतको चेकजाँच गर्ने क्रममा १८ लाख नगदसहित तीन जना पक्राउ परेका छन् ।

भारतको रक्सौल तर्फबाट बीरगंज तर्फ तीन वटा मोटरसाइकलमा आउँदै गर्दा पक्राउ परेको हो । निजहरू BR05S3792, BR05B 1444  र BR06AR 3789 नं.काे भारतीय माेटरसाइकल चलाई आउदै गरेका थिए ।

पक्राउ पर्नेमा भारत बिहार सुगौली बजार बस्ने बर्ष २२ को बिक्की कुमार, भारत रक्सौल नागा रोड बस्ने २६ वर्षीय सुधिर कुमार र सोही स्थान निवासी ३० वर्षीय सहिद आलमको साथबाट श्रोत नखुलेको अवैध नेपाली अठार लाख रुपैंयाँसहित पक्राउ परेका हुन ।

प्रहरीका अनुसार उनिहरुले अवैध हुण्डी कारोवार गर्ने  गरेको खुल्न आएको छ । 
 

प्रतिक्रिया दिनुहोस