शीर्षकहरू

नेपाल क्लियरिङ्ग हाउसको अध्यक्षमा थापा चयन

नेपाल क्लियरिङ्ग हाउसको अध्यक्षमा थापा चयन

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अध्यक्षमा विश्रुत थापा चयन भएका छन् । कम्पनीको २४६औं सञ्चालक समितिको बैठकले थापालाई सर्वसम्मत अध्यक्ष पदमा चयन गरेको हो । आइतवार नेपाल राष्ट्र बैंकका डप्युटी गभर्नर बम बहादुर मिश्रले अध्यक्ष थापाले सपथ ग्रहण गरेका छन् । थापा चार्टर्ड एकाउन्टेन्ट हुन । नेपाल राष्ट्र बैंकका विभिन्न विभागमा दुई दशकभन्दा बढी अवधि काम गरेको अनुभव थापासँग छ ।
 
नेपाल क्लियरिङ हाउसको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक तथा विभिन्न वित्तीय कम्पनीबाट प्रतिनिधित्व रहने व्यवस्था छ । नेपाल क्लियरिङ हाउस नेपालमा राष्ट्रिय भुक्तानी प्रणाली स्थापनाका लागि नेपाल राष्ट्र बैंकसँग अन्य बैंक तथा वित्तीय संस्थाबाट प्रवद्धित कम्पनी हो । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स्लाई प्राप्ति गरी जेठ २१ गतेदेखि एकिकृत कारोबार सुरु गरेको छ ।