शीर्षकहरू

दिपल एस ०७ को नयाँ मूल्य ७४ लाख ९९ हजार, बुकिंग खुल्ला

दिपल एस ०७ को नयाँ मूल्य ७४ लाख ९९ हजार, बुकिंग खुल्ला

काठमाडौं । नेपालका लागि चांगान र दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्प प्रा लिले छोटो समयमै लोकप्रिय बनेको प्रिमियम इलेक्ट्रिक एसयुभी दिपल एस०७ को ७४ लाख ९९ हजार रुपैयाँ मा बुकिंग खुल्ला गरेको छ । इलेक्ट्रिक भेहिकलको करमा नेपाल सरकारले गरेको परिमार्जनपछि एमएडब्लु वृद्धिअटोकर्पले दिपल एस०७ को नयाँ मूल्य घोषणा गरेको हो । 

दुई महिनाअघि नेपालमा सार्वजनिक भएको दिपल एस ०७ ले छोटो समयमै नेपाली बजारबाट सुखद प्रतिक्रिया पाएको छ । यसको आकर्षक डिजाइन, बेजोड पर्फमेन्स र अत्याधुनिक फिचरमार्फत दिपल एस०७ ले इभी सेग्मेन्टमा नयाँ मापदण्ड स्थापित गर्न सफल भएको छ । 

बजारबाट पाएको सकारात्मक प्रतिक्रियाबाट चांगान नेपाल उत्साहित छ । नेपाल बजारमा अत्याधुनिक प्रविधि र गुणस्तरीय गाडी ल्याउन प्रतिबद्ध छ । चांगान नेपालले नयाँ दिपल एस०७ असारको अन्तसम्ममा ग्राहकलाई डेलिभरी दिने तयारी गरिरहेको छ । 

इटालीको टुरिनमा डिजाइन भएको दिपल एस०७ मा वेलकमिंग सिट, एआई पावर्ड सनफ्लावर टचस्क्रिन, जेस्चर कन्ट्रोल, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, १२५ लिटरको फ्रंक, चार ड्राइभिंग मोड (इको, कम्फोर्ट, स्पोर्ट र कस्टमाइज), हेडरेस्ट र आउटडोर स्पिकरसहित १४ वटा सोनी स्पिकर लगायत १५ भन्दा बढी फस्र्ट टाइम इन नेपाल फिचर रहेका छन् । 

यसमा रहेको फ्रेमलेस डोर, फ्लस हेन्डल, २० इन्चको टायर, डवल लेयर्ड ग्लासले दिपल एस०७ को सुन्दरतालाई मात्र बढाएको छैन कारको पर्फमेन्सलाई पनि राम्रो बनाउँछ । यसबाहेक ड्राइभिंगलाई नयाँ उचाइमा पुर्याउन यसमा रियर ह्विल ड्राइभ रहेको छ । 
दिपल एस०७ मा ६६.८ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ जसले सिंगल चार्जमा ४१० किलोमिटर (डब्लुएलटीपी) रेन्ज दिन्छ ।