कास्की । मित्रमिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत तथा सम्पत्ति हिनामिना एवम् ठगी कसूरमा संलग्न रही फरार रहेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा उक्त संस्थाका पूर्व अध्यक्ष कास्की पोखरा महानगरपालिका-२१ कृस्ती बस्ने ३० वर्षीय भरत भट्टराई र संस्थाका गैह्र सदस्य २८ वर्षीय सुवास अधिकारी रहेका छन् । वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले उनीहरूलाई तनहुँ शुक्लागण्डकी नगरपालिका-१ कोत्रेबाट पक्राउ गरेको हो । उनीहरूलाई सहकारी ठगी सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीमा पेश गरिएको छ ।