राष्ट्रिय बीमा कम्पनीमा ठुलो संख्यामा कर्मचारी माग - Aarthiknews
aarthiknews.com बुधबार, ०४ मंसिर २०७६   Wednesday, 20 November, 2019
 
Bajaj_Bike

राष्ट्रिय बीमा कम्पनीमा ठुलो संख्यामा कर्मचारी माग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २२ कार्तिक २०७६
Sunrise bank
राष्ट्रिय बीमा कम्पनीमा ठुलो संख्यामा कर्मचारी माग
LBEF
NCH-IPS

काठमाडौँ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले ३४ जना कर्मचारी माग गरेको छ । लोकसेवा आयोगको सहमतिमा रिक्त रहेका पदमा खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्न लागिएको कम्पनीद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

कम्पनीले नायब व्यवस्थापक९तह ७० २ जना, सहायक व्यवस्थापक९तह ६० ९ जना, सूचना प्रविधि अधिकृत९तह ६० १ जना, सूचना प्रविधि सहायक९तह ५० १ जना, स्वास्थ्य सहायक९तह ५० १ जना, सहायक क९तह ५० ३ जना, सहायक ख९तह ५० १४ जना, सहायक ख९तह ४० कृषि प्राविधिक २ जना र सहायक ख९तह ४० पशु प्राविधिक १ जना गरी ३४ जना कर्मचारी माग गरेको हो ।

विभिन्न पदमा योग्यता पुगेका इच्छुक व्यक्तिहरुले कात्तिक २२ गतेदेखि २१ दिन भित्र कम्पनीको प्रधान कार्यालय, जनशक्ति व्यवस्थापन विभाग रामशाह पथ काठमाडौँमा दरखास्त बुझाउन सक्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस