शीर्षकहरू

युटिएलको पनि लाइसेन्स खारेज हुने प्रक्रियामा गयो

युटिएलको पनि लाइसेन्स खारेज हुने प्रक्रियामा गयो

काठमाडौं । युनाइटेड टेलिकम्युनिकेसन लिमिटेडको दूरसञ्चार सेवा सञ्चालन गर्न पाउने अनुमतिपत्र खारेज गर्ने प्रक्रियामा गएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । युटिलले प्राधिकरणमा नविकरण बापत तिर्न पर्ने जेठ मसान्तसम्म सात अर्ब ४२ करोड ९३ लाख ९१ हजार ३३७.१२ पैसा बक्यौता रहेको छ । 

उक्त रकम सूचना प्रकाशित भएको १५दिनभित्र भुक्तानी गर्न प्राधिकरणले सूचना जारी गरेको छ । उक्त अवधिमा बाँकी बक्यौता रकम नबुझाएमा दूरसञ्चार ऐन २०५३ को दफा २८ बमोजिम अनुमतिपत्र खारेजको प्रक्रिया अगाडि बढाइने प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।