सनराइज बैंकले पहिलो त्रैमासमा ४५ करोड ४३ लाख कमायाे खुद नाफा - Aarthiknews
aarthiknews.com विहीबार, ०५ मंसिर २०७६   Thursday, 21 November, 2019
 
Bajaj_Bike

सनराइज बैंकले पहिलो त्रैमासमा ४५ करोड ४३ लाख कमायाे खुद नाफा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २२ कार्तिक २०७६
Sunrise bank
सनराइज बैंकले पहिलो त्रैमासमा ४५ करोड ४३ लाख कमायाे खुद नाफा
CTZN Bank
LBEF
NCH-IPS

काठमाडौं । सनराइज बैंकले आर्थिक वर्ष २०७६–०७७ को पहिलो त्रैमाससम्म आइपुग्दा ४५ करोड ४३ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा ३७.०६% ले बढी हो ।

गत वर्ष यसैअवधिमा बैंकले ३३ करोड १४ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो भने असोज मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा १५ करोड ८३ लाख ६२ हजार रुपैयाँ रहेको छ । 

पहिलो त्रैमाससम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ३३.९१% र ३५.३९% ले बढेको छ । यसले पनि खुद नाफा बढ्न सहयोग पुगेको हो । बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ २९ पैसा पुगेको छ । यो गत वर्षको यसैअवधिमा भन्दा ६ रुपैयाँ ०३ पैसाले बढी हो । बैंकको प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ७८ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस