डलरको भाउ घट्यो, रेमिट्यान्स पठाउनेलाई नोक्सान, वैदेशिक ऋणमा राहत - Aarthiknews
aarthiknews.com मंगलबार, २६ कार्तिक २०७६   Tuesday, 12 November, 2019
 
Bajaj_Bike

डलरको भाउ घट्यो, रेमिट्यान्स पठाउनेलाई नोक्सान, वैदेशिक ऋणमा राहत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २२ कार्तिक २०७६
Sunrise bank
डलरको भाउ घट्यो, रेमिट्यान्स पठाउनेलाई नोक्सान, वैदेशिक ऋणमा राहत
LBEF
NCH-IPS

काठमाडौं । अमेरिकी डलर कमजोर हुँदै गएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि शुक्रबार एक डलरको खरिददर ११३ रुपैयाँ २४ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८४ पैसा तोकेको छ । यसको अर्थ सर्वसाधारणले एक डलर खरिद गर्न ११३ रुपैयाँ ८४ पैसा चाहिन्छ ।

डलरको भाउ केही कमजोर हुँदै गएको छ । गत भदौ १८ गते राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि एक डलरको खरिददर ११५ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११६ रुपैयाँ १५ पैसा तोकेको थियो । त्यसपछि डलर कमजोर हुँदै आएको छ ।

नेपाली रुपैयाँ बलियो हुनुको कारण भारतीय रुपैयाँ कमजोर नहुुनु हो । नेपाली र भारतीय रुपैयाँबीच स्थिर विनिमय दर भएका कारण भारु कमजोर हुना साथ नेपाली रुपैयाँ पनि कमजोर र बलियो हुँदा बलियो हुने गरेको छ ।

नेपाली रुपैयाँ बलियो र अमेरिकी डलर कमजोर बन्न पुग्दा विदेशबाट आयात हुने सामान सस्तो हुने गर्छ । डलर कमजोर भएका कारण उपभोक्ताले विदेशी सामान किन्दा कम मूल्य तिर्नुपर्ने हुन्छ । राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार, अन्तर्राष्ट्रिय बजारका कारण डलर कमजोर र बलियो हुने गर्दछ ।  भारतको मुद्रा केही बलियो बनेकाले डलरको भाउ कमजोर भएको हो । भारतीय अर्थतन्त्र कमजोर बनिरहेको तथ्यांक बाहिर आए पनि भारतीय शेयर बजार भने उकालो लागि रहेको छ । 

भारतीय मुद्रा बलियो हुनुलाई भारतको अर्थतन्त्र बलियो हुँदै गएको संकेतका रुपमा लिन सकिने पनि विज्ञको भनाइ छ । २०७५ साल असोज २६ गते डलर मजबुत हुँदै गएर एक डलर किन्न एक सय १९ रुपैयाँसम्म तिर्नुपरेको थियो । त्यसपछि डलर निरन्तर कमजोर हुँदै आएको छ ।

एक विज्ञले भने–‘डलर कमजोर हुँदा नेपाली रुपैयाँ बिलियो हुन्छ र यसले नेपाललाई फाइदा हुन्छ ।’ नेपाली रुपैयाँसँग स्थिर विनिमय दर कायम रहेको भारतीय मुद्रा बलियो बन्दा नेपालमा डलरको घटेको हो । अमेरिकी अर्थतन्त्र कमजोर हुँदा डलरको तुलनामा भारतीय रुपैयाँ बलियो बनेको विज्ञको भनाइ छ । डलरको भाउ घटदा तेस्रो मुलुक (भारतबाहेक) बाट आयात हुने सामानको मूल्य पनि घट्ने नेपाल राष्ट्र बैंकको भनाइ छ ।

डलर बलियो हुँदा पर्यटन क्षेत्र, निकासीकर्ता र रेमिट्यान्स पाउनेलाई मात्र फाइदा हुने गर्छ । डलरको भाउ कमजोर भएका कारण विदेशमा रहेका नेपालीले रेमिट्यान्स पठाउँदा कम रकम पाउँछन् । डलर कमजोर भएका कारण रेमिट्यान्स पठाउने नेपालीलाई भने नोक्सानी हुन्छ । यता, डलर कमजोर हुँदा राज्यले विदेशी दातृ निकायसँग लिएको ऋणको भार पनि कमी हुन्छ ।
 

प्रतिक्रिया दिनुहोस