शीर्षकहरू

'अदालतले निर्दोष सावित गरेका सन्दीपलाई भिसा दिलाउन सरकारले किन पहल गरेन?'

'अदालतले निर्दोष सावित गरेका सन्दीपलाई भिसा दिलाउन सरकारले किन पहल गरेन?'
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सन्दीप लामिछानेलाई टी–ट्वान्टी विश्वकप क्रिकेट खेल्नका लागि अमेरिकाको भिसा दिलाउन सरकारले किन पहल नगरेको भनी प्रश्न गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा उनले हिजो आरोप लागिरहेको बेला शिरमा मैदानमा उत्रिनुहुन्न भनेर आफूहरुले पनि भनेकोमा  अदालतले निर्दोष सावित गरिसकेपछि खेलाडीको बारेमा अदालतले गरेको फैसला सुसूचित गरेर खेल्ने वातावरण बनाउन सरकारले उचित पहल समयमै गर्नुपर्नेमा त्यो नभएको उनले बताए ।

'सम्मानीत अदालतले निर्दोष सावित गरिसकेपछि सन्दीप लामिछाने हाम्रो प्रतिनिधित्व गरेर खेलिरहनुभएको अवस्थामा हुनुपर्थ्यो । आफ्नो खेलाडीको बारेमा अदालतले गरेको फैसला सुसूचित गरेर खेल्ने वातावरण बनाउन सरकारले उचित पहल समयमै गर्नुपर्थ्यो,' उनले भने, 'यहाँ कमजोरी कहाँ रह्यो? यो किन कमजोरी भयो? खेलकुदमन्त्री, परराष्ट्रमन्त्री र समग्र सरकारको यसबारेमा ध्यानार्षण गराउन चाहन्छु ।'