काठमाडौं । काठमाडौं महानगरपालिकाका ४७३ निजी स्कुलले १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिन थालेका छन् । महानगरले बिहीबार सार्वजनिक गरेको सूचनाअनुसार ती स्कुलहरुले कुल १८ हजार ४२२ जनालाई छात्रवृत्ति दिएका छन् ।
विवरण बुझाउने यी विद्यालयहरुमा जम्मा १ लाख ४९ हजार ९५० विद्यार्थी अध्ययनरत छन् ।
काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम (५८) अनुसार निजी विद्यालयले कुल विद्यार्थीमध्ये विपन्न असहाय १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्छ । महानगरले गत वर्षदेखि सो व्यवस्थाअनुसार छात्रवृत्ति दिने विद्यालयको विवरण संकलन गर्ने तथा नदिनेलाई कारबाही गर्दै आएको छ ।
महानगरभित्र हाल ५०३ निजी विद्यालय छन् । जसमध्ये ३१ विद्यालयले विवरण बुझाउन बाँकी रहेकाले ३ दिनभित्र विवरण बुझाउन निर्देशन दिएको छ । अन्यथा कानुनबमोजिम कारबाही गरिने चेतावनी महानगरले दिएको छ ।
छात्रवृत्तिको विवरण बुझाउने विद्यालय