साताको अन्तिम कारोबार घटेर बन्द - Aarthiknews
aarthiknews.com बुधबार, ०४ मंसिर २०७६   Wednesday, 20 November, 2019
 
Bajaj_Bike

साताको अन्तिम कारोबार घटेर बन्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २१ कार्तिक २०७६
Sunrise bank
साताको अन्तिम कारोबार घटेर बन्द
LBEF
NCH-IPS

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेरै बन्द भएको छ । सोमबार ०.९७ अंकले बढेकोमा मंगलबार ०.८१ अंक, बुधबार १.४४ अंकले हुँदै बिहीबार ६.०५ अंकले घटेर ११३१.९७ बिन्दूमा झरेको छ । 

बिहीबार कुल १६३ वटा कम्पनीको १२ लाख ९६ हजार कित्ता शेयर ३७ करोड ४१ रुपैयाँभन्दा बढीमा किनबेच भएको छ । परिसूचक घटे पनि कारोबार रकममा भने वृद्धि भएको छ । बुधबार २० करोड ६२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।

आज कारोबारमा आएका समूहमध्ये व्यापार, निर्जीवन बीमा र सामूहिक लगानी कोष समूहबाहेक बाँकी सबै समूह घटेका छन् । यस दिन एनएमबी बैंकको शेयर सबैभन्दा बढी कारोबार भएको छ । यस बैंकको ११ करोड २६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । पछिल्ला दिनमा उच्च शेयर कारोबार हुँदै आएको प्रभु बैंक आज दोस्रो स्थानमा रहेको छ । प्रभु बैंकको शेयर आज साढे ५ करोडभन्दा बढीको कारोबार भएको छ । 

समग्र परिसूचकमा गिरावट भएको दिन साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । बुधबार पनि यस कम्पनीको करिब १० प्रतिशतले शेयर मूल्य वृद्धि भएको थियो । तर, रिडी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब पाँच प्रतिशतभन्दा बढीले घटेको छ ।
 

प्रतिक्रिया दिनुहोस