शीर्षकहरू

पर्वत पैयु खोला हाईड्रोपावरले आईपीओ जारी गर्ने

पर्वत पैयु खोला हाईड्रोपावरले आईपीओ जारी गर्ने

काठमाडौं । पर्वत पैयु खोला हाईड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणमा आईपीओ निष्कासन सम्बन्धि प्रस्ताव पारितका लागि असार ३ गते विशेष साधारण सभा गर्ने निर्णय गरेको छ । जेठ १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको कार्यालय टोखा, काठमाडौंमा विहान १० बजेदेखि ३ बजेसम्म सभा गर्ने निर्णय गरेको हो ।

 सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्दै त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । कम्पनीको नियमावली नियम १८ मा संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।