घाटामा गइरहेको भारतीय टेलिकमको कर्मचारी व्यबस्था योजना - Aarthiknews
aarthiknews.com मंगलबार, २६ कार्तिक २०७६   Tuesday, 12 November, 2019
 
Bajaj_Bike

घाटामा गइरहेको भारतीय टेलिकमको कर्मचारी व्यबस्था योजना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २१ कार्तिक २०७६
Sunrise bank
घाटामा गइरहेको भारतीय टेलिकमको कर्मचारी व्यबस्था योजना
LBEF
NCH-IPS

एजेन्सी । लामो समयदेखि घाटामा चलिरहेको भारतीय दूरसञ्चार कम्पनी बीएसएनएलले भारीमत्रामा कर्मचारी कटौतिको योजना सार्वजनिक गरेको छ । बीएसएनएलले आफ्ना कर्मचारीलाई स्वैच्छिक सेवानिवृत्तिको योजना ल्याएर ७० हजारदेखि ८० हजार कर्मचारी कटौतिको योजना ल्याएको हो । यसबाट बीएसएनएललाई यो योजनाबाट करिब ७००० करोड भारु बचत हुने अनुमान गरेको छ ।
 
यो योजनामा भागलिन चाहने कर्मचारीले ३१जनवरी २०२० सम्म हुने बताइएको छ । बीएसएनएलमा हाल एक लाख ५० हजार कर्मचारी कार्यरत रहेका छन् । यो योजनामा भाग लिनका लागि बीएसएनएलमा ५३.५ वर्षभन्दा बढी उमेरलाई १२५ प्रतिशत थप सुविधा पाउने छन् । 

त्यस्तै ५०देखि ५३.५ वर्ष कार्यरत कर्मचारीले उनीहरुको तलबको ८० देखि १०० प्रतिशतसम्म रकम पाउने छन् । ५५ वर्ष पुरा भएका  कर्मचारीहरुको हकमा भने ६० वर्ष पुरा नभ उनीहरुले पेनसन योजनामा सामेल हुन पाउने व्यबस्था रहेको छ । 

प्रतिक्रिया दिनुहोस