काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले विशेष साधारण सभा बोलाएको छ । जेठ ३१ गते विहान अम्रपाली ब्याङ्क्वेट, भाटमटेनी, काठमाडौंमा विहान १०ः३० बजे सभा गर्ने निर्णय कम्पनीको जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो ।
सभाले हाल कायम रहेको चुक्तापूँजी २ अर्ब १० करोड रूपैयाँको आधारमा १५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्तावलाई स्वीकृति प्रदान गर्नेछ । हकप्रद शेयर निष्कासन तथा बाँडफाँट पछि कम्पनीको चुक्तापूँजी २ अर्ब ४१ करोड ५० लाख रूपैयाँ कायम हुनेछ । कम्पनीले नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम २ अर्ब ५० करोड रूपैयाँ कायम गर्नुपर्नेछ । कम्पनीलाई अझै ८ करोड ५० लाख रूपैयाँ पूँजी अपुग हुन्छ ।
थप पूँजी बोनस शेयरमाफृत बृद्धि गर्न सक्नेछ । सभाले संस्थापक शेयर तथा सर्वसाधारण शेयरको अनुपात बमोजिम सञ्चालक समिति गठन गर्ने र सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ २५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा जेठ २४ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।