महासंघको विशेष साधारणसभा स्थगित हुने ! ढकाल आफ्नै 'एजेन्डा'बाट बल्ल हटे - Aarthiknews
aarthiknews.com बुधबार, ०४ मंसिर २०७६   Wednesday, 20 November, 2019
 
Bajaj_Bike

महासंघको विशेष साधारणसभा स्थगित हुने ! ढकाल आफ्नै 'एजेन्डा'बाट बल्ल हटे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २० कार्तिक २०७६
Sunrise bank
महासंघको विशेष साधारणसभा स्थगित हुने ! ढकाल आफ्नै 'एजेन्डा'बाट बल्ल हटे
LBEF
NCH-IPS

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का पूर्व अध्यक्ष तथा विद्यान संशोधन समितिका संयोजक चण्डीराज ढकाल आफ्नो एजेन्डाबाटपछि हटेका छन् । महासंघको विधान संशोधन गर्ने योजनामा कात्तिक २९ गते बोलाइएको महासंघको विशेष साधारणसभा ढकालकै कारणले नहुने भएको छ । 

ढकालले एफएनसीसीआईलाई विगत केहि वर्षदेखि आफ्नो अनुकुलतामा योजना बनाउने र महासंघमा हालीमुहाली गरिरहेका थिए । उनले आगामी कार्यसमितिमा आफू अनुकुल व्यक्तिलाई महासंघको अध्यक्ष बनाउनका लागि विधानमा भएको वरिष्ठ उपाध्यक्ष स्वः त अध्यक्ष हुने लगायतका बुँदालाई नै हटाएर पुन आफू अनुकुलको व्यक्तिलाई टिका लगाएर अध्यक्ष  पदमा राख्ने योजनामा ढकाल थिए ।

 विधान संशोधन गर्न महासंघको साधारणसभा नै आवश्यक पर्ने भएकाले उनले हाल कार्यसमितिमा रहेका अधिकांश सदस्यहरुलाई आफ्नो एजेन्डामा राजि गराइसकेका थिए । तर, पूर्वअध्यक्ष, जिल्ला सदस्य र महासंघका अन्य सदस्यहरुको विरोध भएपछि बचेको शाख समेत गुम्ने डरले ढकालले आफै विशेषसाधारणसभा नगर्ने योजनामा पुगको महासंघका एक सदस्यले आर्थिक न्यूजडटकमलाई जाकारी दिएको छ । 

विधान संशोधनका विषयमा र प्रक्रियाको विषयमा विवाद उत्पन्न भएकोले विशेष साधारणसभा कात्तिक २९ गते बोलाइएको थियो । उक्त विधान संशोधन गर्न एफनसीसीआइका पूर्व अध्यक्षहरुबाट आएको राये र अन्य जिल्ला र  एसोसिएट सदस्यहरुबाट पनि ढकालको योजना विपरित राय आएकाले विशेषसाधारणसभा गर्दा उक्त राय आफैमाथि खनिने डरले ढकालले सभा नै नगर्ने बतावरण बनाउँदै गएको एफनसीसीआइका  एक सदस्यले बताए  । 

विधानसंशोधन समितिको बैंठकले गरेको निर्णयका आधारमा  शुक्रबार बस्ने एफनसीसीआइको बैठकले साधारणसभाको स्थगनको औपचरिक निर्णय गर्ने ति सदस्यले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस