धितोपत्र बोर्डको अध्यक्ष छनोट गर्न समिति गठन - Aarthiknews
aarthiknews.com बुधबार, ०४ मंसिर २०७६   Wednesday, 20 November, 2019
 
Bajaj_Bike

धितोपत्र बोर्डको अध्यक्ष छनोट गर्न समिति गठन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २० कार्तिक २०७६
Sunrise bank
धितोपत्र बोर्डको अध्यक्ष छनोट गर्न  समिति गठन
LBEF
NCH-IPS

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोट गर्नका लागि तीन सदस्यीय छनोट समिति गठन गरेको छ । मन्त्रालयले राष्ट्रिय योजना आयोगका सदस्य  डा. रामकुमार फुयाँलको संयोजकत्वमा समिति गठन गरेको हो ।  

समिति सदस्यमा राजस्व सचिव शिशिर ढुंगाना र नेपाल चाटर्ड एकाउटेन्ट एसोसिएसनका अध्यक्ष  कृष्णप्रसाद आचार्य रहेका छन् । छनोट समितिले आवेदन आह्वान गर्ने छ । समितिले इच्छुक उम्मेवारसँग अन्तर्वार्ता र प्रस्तुतिका आधारमा तीन जनाको नाम सिफारिस गरी त्यो नामलाई अर्थमन्त्रीले मन्त्रिपरिषद्मा लैजानेछन् । त्यसपछिमात्रै मन्त्रिपरिषद्ले एक जनालाई निर्णय गर्नेछ ।  यस अघिका बोर्ड अध्यक्ष डा. रेवतबहादुर कार्कीको चार वर्षे कार्यकाल असोज मसान्तमा सकिएपछि बोर्डको अध्यक्ष पद खाली छ ।

धितोपत्र बोर्डको अध्यक्षका लागि आर्शीवाद थाप्न नेताको घरदैलो दौडहा

धितोपत्र बोर्डमा ‘हाम्रा’ लाई भन्दा ‘राम्रा’ लाई राख्न दबाब

तीन निकायका प्रमुखको खोजीमा सरकार

प्रतिक्रिया दिनुहोस