एक लाख घरमा भूमिगत तारबाट बिजुली बितरण गरिँदै - Aarthiknews
aarthiknews.com मंगलबार, २६ कार्तिक २०७६   Tuesday, 12 November, 2019
 
Bajaj_Bike

एक लाख घरमा भूमिगत तारबाट बिजुली बितरण गरिँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २० कार्तिक २०७६
Sunrise bank
एक लाख घरमा भूमिगत तारबाट बिजुली बितरण गरिँदै
LBEF
NCH-IPS

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले राजधानीमा बिजुलीको तारलाई भूमिगत गराई वितरण प्रणाली स्वचालित गर्ने काम तीव्रताका साथ अघि बढाएको छ ।प्राधिकरणले सो कार्यका निम्ति पहिलो चरणको  ठेकेदार छनोट गरेसँगै भारतबाट केवल र पाइप ल्याउने काम भइरहेको महराजगन्ज–रत्नपार्क भूमिगत तार आयोजनाका प्रमुख सुमन श्रेष्ठले बताए । पहिलोपटक भारतबाट २ मिलियन अमेरिकन डलरको तार, केबल र पाइप ल्याउन लागिएको उनले जानकारी दिए ।

बिजुलीको तारलाई भूमिगत गरी वितरण प्रणाली स्वचालित बनाउन मार्च २२ बाट ठेकेदारले काम शुरु गरेको छ । सो काम ३० महिनाभित्र सक्ने गरी कम्पनीलाई ठेक्का दिएको श्रेष्ठले बताए । ३० मिलियन अमेरिकन डलर लागत लाग्ने आँकलन प्राधिकरणले गरेको र उक्त सम्पूर्ण लागत एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोग रहेको छ ।

तारलाई भूमिगत गर्ने क्षेत्रको सर्वेक्षण, डिजाइनिङ फेजमा र जीआरएसको नक्सा काम भएको आयोजना प्रमख श्रेष्ठले बताए । उनले भने–‘नेपाल विद्युत् प्राधिकरणले जमिन मुनीबाट बिजुलीको तार लैजान प्रक्रिया अघि बढिरहेको छ । पहिलो चरणमा रत्नपार्क र महाराजगंज वितरण केन्द्रअन्तर्गतका ग्राहकलाई भूमिगत तारबाट बिजुली पुर्याउनको लागि प्राधिकरण तयारी गरेको हो । 
रत्नपार्क, सिंहदरबार, पुतलीसडक, न्युरोड, जमल, दरबारमार्ग, नक्साल, बालुवाटार, लाजिम्पाट, महाराजगन्ज र चक्रपथ क्षेत्रका एक लाख घरमा भूमिगत तारबाट बिजुली बितरण हुनेछ

प्राधिकरणले सडक नभत्काइ एवम् धुलो नउडाई जमिन मुनी बिजुलीको तार बिच्छ्याउन लागेको हो । एक ठाउँमा खाल्डो खन्ने र त्यहीँबाट भित्रभित्रै १०–१५ मिटरसम्म दायाँ बायाँ तार बिछ्याउन मिल्ने पाइप राख्ने प्रविधि प्रयोग गर्ने प्राधिकरणको योजना छ । बिजुलीको तार भूमिगत गरेपछि पोल बिस्थापित हुनेछन् । बिजुलीको पोल भएरै टाँगिएका टेलिफोन, केबल टीभी र इन्टरनेट सेवा प्रदायक कम्पनीका तारलाई पनि भूमिगत मार्गबाट लैजान मिल्ने आयोजना प्रमुख श्रेष्ठले बताए  ।

बिजुलीको तार भूमिगत बनाउँदा तीन वटा अप्टिकल फाईबर राख्ने पाइप पनि सँगै राखिनेछन् । नेपाल टेलिकमले एउटा अप्टिकल फाइबरको लाइन लिनेछ । अन्य दुइवटा अप्टिकल फाइबर राख्ने पाइप खाली रहनेछन् । त्यहाँबाट इन्टरनेट एबं केबल टिभीका तार लैजान मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस