बागमती सभ्यता एकीकृतका ९ खोलामध्ये एकको काम सम्पन्न - Aarthiknews
aarthiknews.com बुधबार, ०४ मंसिर २०७६   Wednesday, 20 November, 2019
 
Bajaj_Bike

बागमती सभ्यता एकीकृतका ९ खोलामध्ये एकको काम सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १९ कार्तिक २०७६
Sunrise bank
बागमती सभ्यता एकीकृतका ९ खोलामध्ये एकको काम सम्पन्न
LBEF
NCH-IPS

काठमाडौं ।  बागमति एकीकृत सभ्यताले हेर्ने ९ वटा खोला मध्ये एक वटा खोलाको काम सम्पन्न भएको छ । बागमति सभ्यता एकिकृतले हेर्ने हनुमन्ते खोला, विष्णुमति नदि धोबीखोला, बल्खु खोला, बामगति नदि,  नख्खुखोला, मनहरा खोला, कर्मनाश खोला, महादेब खोला मध्ये विष्णुमति नदिको काम पूर्ण रूपमा सम्पन्न भएको बागमति एकिकृत सभ्यता समाजले जनाएको छ ।  

विष्णुमति नदि 
विष्णुमति नदिको लम्बाई १५ किलोमिटर सम्म फैलिएको छ ।  २०७५ सालमै सम्पन्न गरीसक्नु पर्ने उक्त नदिको काम बल्ल अहिले सम्पन्न गरेको हो । उक्त नदि निर्माणको लागि लुम्विनि गौरी पार्वती र शर्मा कान्छा लामालाई जिम्मा  दिएको थियो । 

विष्णुमति दोभानदेखि नयाँ बर्सपार्कसम्मको काम यहि मंसिरसम्म सम्पन्न हुने भएको छ । यस नदि निर्माणको लागि १ अर्ब चानचुन पैसा लागेको चित्रकारले जानकारी दिए । 

नख्खु खोला
नख्खु खोला ललितपुरको लेलेदेखि चोभारको सुन्दरीघाटसम्म बग्ने गर्छ । नख्खु खोलाको काम गत वर्ष सुरू गरेपनि हाल सम्म ३० प्रतिशत काम मात्र भएको छ । 

नख्खु खोलामा सुरू भएको ढल बनाउने, सडक बनाउने, नदि नियन्त्रण गर्ने  काम ३० महिनामा सम्पन्न गरीसक्नु पर्ने छ । बागमति एकिकृत सभ्यताको अनुसार उक्त खोलाका सम्पूर्ण काम अब आउने वर्षमा सम्पन्न गर्ने भएको छ । यो आर्थिक वर्षमा ३ किलोमिटर भन्दा माथिको ठेक्कापट्टा गरको बागमति एकिकृत सभ्यताका सि.डि.इ योगेन्द्र चित्रकारले बताए । 

उक्त खोलाको दायाँ बायाँ ११ किलोमिटर काम गर्ने भएको छ । नख्खु खोला निर्माणको लागि यो आर्थिक वर्षमा १० करोड बजेट छुट्याएको छ भने सम्पूर्ण खोलाको काम गर्नको लागि १ सय ४० करोड लाग्ने अनुमान गरेको चित्रकारले बताए । यस खोला निमार्णको लागि कालीका र अमर कन्ट्याक्टरलाई जिम्मा दिएको छ । 

धोबीखोला 
धोबीखोला दोवान देखि बालुवाखानी सम्म दायाँ बायाँ ९–९ मिटर गरी १८ मिटरको ढल हाल्ने काम सम्पन्न भएका छ । धोबीखोलाको करिडोर सुधार, बाटो र नदि नियन्त्रण गर्ने कार्य भैरहेको छ । 

उक्त नदिमा ढल हाल्ने काम सम्पन्न भएको छ । धोबी खोलामा ढल हाल्ने काम बागमति सभ्यताले गर्ने र करिडोरको काम सुधार आयोजनाले गर्ने चित्रकारले बताए । यस आयोजनामा ढल हाल्नको लागि ५० करोड बजेट विनियोजन गरिएको छ । 

बल्खु खोला
बल्खु खोलाको काम ५० प्रतिशत सम्पन्न भएको छ । यस खोलामा पनि ढल हाल्ने सडक बनाउने काम भैरहेको छ । यस कामको लागि यो आर्थिक वर्षमा १५ करोड विनियोजन गरिएको छ भने सम्पूर्ण काम सम्पन्न गर्नको लागि ५५ करोडमा ठेक्का दिएको छ । उक्त खोलाका काम चालु आर्थिक वर्षमा सम्पन्न गर्ने बागमति सभ्यता एकृकितले जनाएको छ । 

यस खोलाको निमार्ण गर्नको लागि पि.यस.गोल्डेन गुड –समानान्तर कन्ट्याक्टरलाई जिम्मा दिएको थियो । 

बागमति नदि
बागमति नदिको करिडोर बनाउने काम बाँकी रहेको छ । धोबखोला बागमति दोभानको पुल देखि बुद्ध नगर पुल सम्म – थापाथली पुल देखि टेकु पुल, मिनभवन पुलको दायिने किनाराको सडक बनाउने काम बाँकी रहेको छ भने ढल निमार्णको कार्य सम्पन्न भएको छ । 

यसको निमार्ण कार्य स्वच्छन्दा, शंकरमाली, खानी जेभि कम्पनिलाई जिम्मा दिएको थियो । उक्त कामको लागि ८५ करोड लाग्ने अनुमान गरिएको छ । यो वर्ष १५ करोड बजेट विनियोजन गरिएको छ । यसको सम्पूर्ण निर्माण कार्य २०७७ साल सम्म सक्ने चित्रकारले बताए । 

हनुमन्ते खोला

हनुमन्ते खोलाको राधे राधे देखि थिमी सम्म ६० प्रतिशत काम सम्पन्न भएको छ । यस खोला अन्तर्गत पर्ने सल्लाघारी देखि चक्रपथ पुल सम्मको काम बाँकी रहेको छ । 

तीन वटा खोलाको सर्भे गर्नै बाँकी
बागमति एकिकृत सभ्यता समाजले पछि थप गरेको मनहरा खोला, कर्मनाश खोला र महादेव खोला रहेका छन् । यि तिन वटा खोला निर्माण गर्नको लागि सर्भे गरेर डिपिआर गरिसकेपछि खरिद प्रक्रियामा जाने भएको छ । 

तीनवटा खोला निर्माणको लागि यो वर्ष बजेट बिनियोजना गरेको चित्रकारले बताए । यि खोला मध्ये मनहरा खोलाको लागि ३० करोड, कर्मनाश खोलाको लागि २० करोड र महादेव खोलाको लागि १० करोड बजेट छुट्याएको छ । मनहरा खोला र महादेव खोलाको मंसिर सम्म ठेक्कापट्टटा गर्ने चित्रकारले बताए । 

प्रतिक्रिया दिनुहोस