पुनर्बीमा कम्पनी हाँक्ने दौडमा आधा दर्जन, कसको पल्लाभारी ? - Aarthiknews
aarthiknews.com बुधबार, ०४ मंसिर २०७६   Wednesday, 20 November, 2019
 
Bajaj_Bike

पुनर्बीमा कम्पनी हाँक्ने दौडमा आधा दर्जन, कसको पल्लाभारी ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १९ कार्तिक २०७६
Sunrise bank
LBEF
NCH-IPS

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी हाँक्नका लागि ६ जना इच्छुक देखिएका छन् । उक्त कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ६ जनाले आवेदन बुझाएका छन् । सीईओ पदका लागि दुई जना बीमा क्षेत्रका र चार जना पूर्वबैंकर्सले आवेदन दिएका छन् ।

बीमा क्षेत्रमा लामो अनुभव हासिल गरेका दुई जनामध्ये एक जना पुनर्बीमा कम्पनीमा यसभन्दा अघि प्रमुख कार्यकारी अधिकृतको पद सम्हालिसकेका चिरायु भण्डारी पुनः सोही पदका लागि प्रतिस्प्र्धामा उत्रिएका छन् । 
यसैगरी बीमा क्षेत्रमा लामो अनुभव हासिल गरेको युनाइटेड इन्स्योरेन्स कम्पनीको पूर्वप्रमुख कार्यकारी अधिकृत शेखर बराल पनि पुनर्बीमा कम्पनीको सीईओ हुने दौडमा छन् ।

बीमा कम्पनीको अनुभाव नभए पनि बैंकिङ क्षेत्रको अनुभव भएका चार जना पनि पुनर्बीमा कम्पनीको सीईओ हुने दौडमा लागेका छन् । सरकारी स्वामित्वका दुई बैंकका पूर्वकर्मचारीले पुनर्बीमा कम्पनीको सीईओ बन्ने इच्छा जाहेर गर्दै आवेदन दिएका छन् । कृषि विकास बैंकका पूर्वकर्मचारी शेषनारायण आचार्य, राष्ट्रिय वाणिज्य बैंकका पूर्वकर्मचारी शंकर रायमाझी पनि पुनर्बीमा कम्पनीको सीईओको दौडमा छन् । दुवै जना यसअघि नेपाल बैंकको सीईओ बन्ने प्रतिस्पर्धामा थिए । 

नेपाल बैंकको सीईओको दौडमा असफल भएपछि पुनर्बीमा कम्पनीको सीईओमा दौडमा लागेका हुन् । निजी क्षेत्रको बैंकमा काम गरेको लामो अनुभव भएका पनि पुनर्बीमा कम्पनीको सीईओ दौडमा छन् । नबिल बैंकका पूर्वकर्मचारी ज्ञानेश्वर आचार्य पनि पुनर्बीमा कम्पनीको सीईओ दौडमा छन् ।

यसैगरी नेपाल राष्ट्र बैंकको लामो अनुभव भएका अशोक पौडेल पनि पुनर्बीमा कम्पनीको सीईओ बन्ने दौडमा लागेका छन् । पौडेलसँग केन्द्रीय बैंकमा निर्देशकसम्म भएर काम गरेको अनुभव छ । अहिलेका अर्थमन्त्री डा. युवराज खतिवडा गर्भनर हुँदा उनी गभर्नरको सचिवलयमा बसेर काम गरेका थिए । उनी डा. खतिवडाको विश्वासिला सहयोगी थिए ।
पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत छनोटको लागि अर्थ मन्त्रायलका सहसचिव हरिशरण पुडासैनी संयोजक, आइक्यानका अध्यक्ष कृष्णप्रसाद आचार्य र पुनर्बीमा कम्पनीका सञ्चालक रमेश राणा सदस्य भएको छनोट समिति गठन गरेको छ । छनोट अब शुरु हुने र १५ दिनभित्र सकिने सम्भावना रहेको समितिका एक सदस्यले बताए । 
पुनर्बीमा कम्पनीको सीईओले मासिक २ लाख ५ हजार तलब र कार्यसम्पादन नतिजाका आधारमा अतिरिक्त ५ महिनासम्मको प्रोत्साहन भत्तासहितको सुविधा पाउने गर्छ । उक्त पदमा अनुभवी भन्दा पनि राजनीतिका आस्थाका आधारमा नियुक्ति गरिने सम्भावना बढी छ । 
 

प्रतिक्रिया दिनुहोस