aarthiknews.com शुक्रबार, २६ असार २०७७   Friday, 10 July, 2020
 
Citizen life

प्रभु बैंकको एक्स्टेन्सन काउण्टर झापा जिल्ला प्रशासनमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ कार्तिक २०७६
Sunrise
HIb
प्रभु बैंकको एक्स्टेन्सन काउण्टर झापा जिल्ला प्रशासनमा
LBEF

झापा । प्रभु बैंकले आप्mनो सेवा विस्तार गर्ने क्रममा झापाको भद्रपुरनगरपालिका चन्द्रगढीस्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ। झापास्थित जिल्ला प्रशासन कार्यालयमा स्थापित एक्स्टेन्सन काउण्टरको झापा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यलयमा आउने सेवाग्राहीहरुले अब विना झण्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा रकम जम्मा गरी सरल र सहज रुपमा जिल्ला प्रशासन कार्यलयको काम गर्न सक्नेछन्।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ। प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ।

प्रभु बैंकले १ सय ९६ वटा शाखा कार्यालय, १५२ वटा एटीएम, ३६ वटा एक्स्टेन्सन काउण्टर तथा १९ वटा शाखा रहित बैंकिङ्ग सेवामार्फत बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस